अर्घाखाँची । अर्घाखाँचीका ६ वटा स्थानियतहमा १ लाख ६४ हजार ५ सय ४७ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको तथ्यांङ्क अनुसार जिल्लामा १ लाख ६४ हजार माथी मतदाता संख्या रहेको छ । यो तथ्यांङ्क अन्तिम भने होईन ।
यो संख्या जिल्लाभित्र सङ्कलन गरिएका मतदाताहरूको मात्रै भएको र बाहिरी जिल्लामा बसेर नाम दर्ता गराएकाहरूको विवरण समावेश नभइसकेका कारण निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछी मात्र संख्या यकिन हुने निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लाभित्र सङ्कलन गरिएका मतदाताहरूको विवरण अनुसार सन्धिखर्क नगरपालिकामा सबैभन्दा धेरै ३२ हजार ७ सय २७ मतदाता रहेका छन् ।
यस्तै शितगंगा नगरपालिकामा ३२ हजार ७ सय ७ र भुमिकास्थान नगरपालिकामा २७ हजार ४ सय ९१ मतदाता कायम भएका छन् । तिन गाउँपालिका मध्ये सबैभन्दा धेरै छत्रदेव गाउँपालिकामा २४ हजार ३ सय ६९ मतदाता छन् भने मालारानी गाउँपालिकामा २४ हजार ३ तथा पाणिनी गाउँपालिकामा २३ हजार २ सय ५० मतदाता संख्या कायम भएका छन् ।
२०७४ सालको निर्वाचनमा १८ वर्ष पूरा गरेका एक लाख २६ हजार सात सय १७ जनाले नाम दर्ता गराएका थिए । जिल्ला निर्वाचन कार्यालयले यो तथ्यांङ्क दाविविरोधका लागी बाहिर ल्याएको जनाएको छ । यो महिना भरीमा पुर्ण तथ्यांङ्क ल्याउने निर्वाचन कार्यालयको तयारी छ ।