२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो ।

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक नै अनिश्चित जस्तै भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?