अर्घाखाँची दिनभर बन्द, कोणसभा सम्पन्न

अर्घाखाँची दिनभर बन्द, कोणसभा सम्पन्न

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका कारण अर्घाखाँचीको जनजीवन दिनभर प्रभावित बन्यो ।

दिउँसो साढे ४ बजे शान्तीबगैंचामा कोणसभा गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले यो बन्द असंवैधानिक कदमका विरुद्ध रहेको बताएका छन् । बन्द आफुहरुको रहर नभएकाले बाध्यकारी कदम रहेको उनीहरुको भनाई छ । अनैतिक र अलोकतान्त्रिक कदम नसच्चाईए थप आन्दोलन गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

आज दिनभर जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् । जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी, खनदह, ठाडा लगायतका बजार क्षेत्र र ग्रामीण भेगका बजारसमेत बिहानैदेखि पूर्णरुपमा बन्द भए । शैक्षिक संस्था, विद्यालय, कलकारखाना खुल्न सकेनन् ।

प्रचण्ड–नेपाल पक्षका संघर्ष समितिका नेता तथा कार्यकर्ता सदरमुकाम सन्धिखर्क चुत्रावेसीमा खोलिएका पसल, सवारी साधन बन्द गराउँदै गल्ली गल्ली हिँडेका थिए ।जिल्लामा कुनै अप्रिय घटना घट्न नदिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको थियो। बजार क्षेत्रमा सुरक्षाकर्मीले गस्ती समेत गरेका थिए । बाटोमा अलपत्र परेका सवारी साधनलाई प्रहरी स्कटिङ गरि जिल्ला भित्राईएको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.