८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

‘विहे नेपाल’ एप सार्वजनिक, अनलाइनबाटै जीवनसाथी खोजिदिने

काठमाडौं । देश विदेशमा रहेका एकल नेपालीहरुलाई आफ्नो मिल्दो जीवनसाथी खोज्न सघाउने उद्देश्यसहित ‘विहेनेपाल’ एप सार्वजनिक भएको छ । रावा सफ्टवेयरले बनाएको यो एप आज बिहीवार आधिकारिक रूपमा सार्वजनिक भएको हो ।

जीवनसाथी/दीर्घकालीन साथीको खोजमा रहेका सबैलाई लागि याे एप उपयोगी हुने गरी बनाइएकाे कम्पनीकाे दाबी छ । ‘सबै एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ विहेनेपालले अब उनीहरूलाई विशेषगरी दीर्घकालीन प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले एकअर्कासँग अन्तर्क्रिया गर्न सहज बनाएको छ,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

प्ले स्टाेर र एप स्टाेर दुवैमा ‘Bihenepal’ को नाममा याे एप उपलब्ध छ, जुन प्रयाेग गर्न कुनै शुल्क लाग्दैन । प्रयोगकर्ताले सजिलै लगइन गरेर आफ्नो खोज सुरु गर्नसक्नेछन् बताइएकाे छ ।

यसअघि गत कात्तिकमै परीक्षणकाे रूपमा सार्वजनिक भएकाे एपमा तीन हजारभन्दा बढी प्रयाेगकर्ता जोडिसकेकाे कम्पनीले जानकारी दियाे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?