२९ कार्तिक २०८१, बिहिबार
२९ कार्तिक २०८१, बिहिबार

सन्धिखर्क ७ मा १ महिने व्युटी पार्लर तालिमको उद्घाटन

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा न ७ ले आज एक कार्यक्रमका बीचमा १ महिने व्युटी पार्लर तालिमको उद्घाटन गरेको छ ।

तालिम वडा न ७ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि प्रितम बहादुर थापाले उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै मानिसको जीवनमा सीपको अनिबार्य आबश्यकता रहेको बताउदै तालिममा सिकेका सीपलाई व्यबहारमा लागु गरि महिला उधोगी बन्न आग्रह गदै प्रशसनीय कार्यको लागि आफ्नो तर्फबाट कुनै कमि नहुने बताउदै उच्च मनोबलका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य बसन्ता केसीले लगानी अनुसारको प्रतिफल नआएको सिकेको सीपलाई व्यबहारमा लागु गरि उधमी बन्न आग्रह गरिन् । वडा न ७ का सदस्य विष्णु प्रसाद भुसालले राज्यको लगानी अनुसार सीपको सहि सदुप्रयोग गरेर आर्यआर्जनमा केन्द्रित हुन प्रशिक्षार्थीलाई आग्रह गरे ।

१ महिना सम्म चल्ने कार्यक्रममा बडा भरिका करिब १५ जनाको सहभागिता रहेको थियो वडा सचिब तुलशा श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा ओभरसियर हरि खासु प्रशिक्षक मन्जु के.सी बडा सदस्य रामलाल खनाल पत्रकार अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?