ट्याक्टर दुर्घट्ना हुँदा अर्घाखाँचीमा एक युवकको मृत्यु

मालारानी । ट्याक्टर दुर्घट्ना हुँदा अर्घाखाँचीमा एक युवकको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ नुगाली टोलामा लु ४ प २७ ९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका मालिक स्थानीय २७ वर्षीय कमल विक (प्रेम)को मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ट्याक्टरमा चालक सहित ३ जना सवार रहेकोमा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए । ट्याक्टर सडक देखि करिव १ सय मिटर तल खसेको थियो । दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
टिप्पणी