१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

भूमिकास्थान नगरपालिका: अस्पताल बनाउन वन क्षेत्रको जग्गा उपभोग गर्न सरकारको स्वीकृति

लक्ष्मण घिमिरे ।
भुमिकास्थान ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा १५ शैयाको अस्पताल बनाउन नेपाल सरकारले जग्गा उपलब्ध गराएको छ । सरकारले भूमिकास्थान नगरपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा ९ रोपनी जग्गा उपभोग गर्न स्वीकृत दिने दिएको छ।

फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि भूमिकास्थान नगरपालिका वडा नं-७, चिदीचौरमा रहेको ९ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

यो संगै अस्पतालको जग्गा विवाद समाधान भएको छ । १५ शैयाको अस्पताल बनाउन स्विकृती पाएपनी जग्गा अभावका कारण काम अँघी बढ्न सकेको थिएन । नगरप्रमुख रेशम थापाले अव दुर्त गतीमा अस्पतालको काम अँघी बढ्ने बताए । ‘उपयुक्त ठाँउमा जग्गा खोजी गरेका थियौं, थापाले भने,‘जग्गा सरकारले उपलब्ध गराएको छ । अब अस्पताल बन्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?