कृष्ण परियार
अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले चालु आर्थिक बर्ष २०७८/०७९ मा जिल्लामा भएका विभिन्न बाणिज्य फर्महरुको अनुगमन तथा निरिक्षण गर्दै आईरहेको छ ।
जिल्लाका विभिन्न स्थानिय तहहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सन्तोष खनालले जानकारी दिए । पछिल्लो समयमा जिल्लाको शितगंगा नगरपालिका अन्र्तगत चाक्ला, ठाडा र अमराईका बजार क्षेत्र, मालारानी गाउपालिकाको हंसपुर,रतनमारे र भण्डार आसपासका बजार क्षेत्रमा अनुगमन गरिएको खनालको भनाई छ । अनुगमनको क्रममा भेटिएका विभिन्न अखाद्य बस्तु तथा उत्पादन मिति सकिएका खाद्यबस्तुहरुलाई आईतबार नष्ट गरिएको छ ।
विभिन्न बजार क्षेत्रहरुबाट जफत गरिएका करिब ६४ हजार बराबरका समानहरुलाई आईतबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे ,सहायक प्रमुख जिल्ला अधिकारी नमलाल पन्थी,घरेलु तथा साना उद्योगका सन्तोष खनाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी अम्बर थापा, शसस्त्र प्रहरीका डिएसपी रामकृषण महत्रा , अनुसन्धानका डिएसपी सन्तोष बस्नेत,जिल्ला प्रशासनका खरिदार पोमनारायण कुवंर,अन्य कर्मचारी तथा पत्रकार कृष्ण परियारको उपस्थीतीमा नष्ट गरिएको हो ।
आगामी दिनहरुमा उपभोक्ताहरुलाई ठगिनबाट बचाउनको लागी घरेलु कार्यालयले अनुगमनलाई तिव्रता दिने प्रमुख खनालले बताए । घरेलु कार्यालय अर्घाखाँचीले स्थानिय तह र प्रशासन र सुरक्षा निकायहरु संग समन्वयन गरि अनुगमन गर्दै आईरहेको छ ।