प्रवेशको ‘अचार तिलैको’

प्रवेशको ‘अचार तिलैको’

 गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ। डिजिटल प्लेटफर्म ‘थगलाइफ नेपाल’ युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रेस्थित तीन पिप्लेमा छायांकन गरिएको हो। म्युजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय छ।

शर्माजी प्यूठानको निर्देशन रहेको म्युजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको छ। म्युजिक भिडियोको छायांकन तथा सम्पादन गौरव भण्डारीले गरेका हुन्।
गायिका प्रधानले यसअघि ५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो। सार्वजनिक भएको ‘अचार तिलैको’बाट खतिवडा निकै आशावादी छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.