कपिलवस्तुमा ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका-११, ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षिय अनिल गाहा मगरको मृत्यु भएको हो ।

लु १ ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति साढे ८ बजे भएको घटनापश्चात आक्रोशित स्थानीयवासीले पिपरा प्रहरी बिट तोड्फोड समेत गरेका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.