रूसविरुद्धको लडाइँमा १३ सय युक्रेनी सैनिक मारिए : राष्ट्रपति जेलेन्स्की

रूसविरुद्धको लडाइँमा १३ सय युक्रेनी सैनिक मारिए : राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताएका छन्। जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै १७ दिनको लडाइँमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको जानकारी दिएका हुन्।

युक्रेनले पहिलोपटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी दिएको हो। यसअघि युक्रेनले अहिलेसम्म १२ हजारभन्दा बढी रूसी सेनाको ज्यान गएको दाबी गरेको थियो।

राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबार मात्र करिब ५००–६०० रूसी सेनाले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी गरेका थिए। यद्यपि‚ राष्ट्रपति जेलेन्स्कीको दाबी पुष्टि गर्न नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रूसी सेनाको ठूलो संख्या युक्रेनको राजधानी किभबाट २५ किलोमिटर मात्रै टाढा छ। यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएलम्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध विराममा सहमत हुन आग्रह गरेका छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *