२९ कार्तिक २०८१, बिहिबार
२९ कार्तिक २०८१, बिहिबार

कांग्रेस अर्घाखाँचीको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको सुरूवात भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको देशव्यापी कार्यक्रम अनुसार छत्रदेवको राशिप स्मृति भवनबाट अभियानको सुरूवात गरिएको हो ।

अभियानको सुरूवात गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शान्ति परियारले देश र जनताको हितका निम्ति कांग्रेस निर्विकल्प शक्ती रहेको बताईन् । उनले स्थानीय निर्वाचनमा कांग्रेसले योग्य र लोकप्रिय उम्मेदवार उठाउने बताउँदै पार्टी एकढिक्का हुने गरि काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिईन् । ‘कांग्रेसले सबैठाँउ जित्ने उम्मेद्वार उठाउँछ, उनले भनिन्,‘आम कांग्रेसीजन एकढिक्का भएर बस्नुस् ।’ कम्युनिष्टका नेताहरुले जनतामा भ्रमको खेति गरिरहेको आरोप लगाउँदै केन्द्रीय सदस्य परियारले जनताले भोट दिएर पठाएको भएपनी सरकार चलाउन असफल भएको बताईन् ।

कांग्रेस नेता तथा पुर्व राज्यमन्त्रि रेवति प्रसाद भुसालले बिपीको बिचारले सिंचित पार्टी जनताको नजिकको पार्टी रहेको बताए । देश परिवर्तनमा नेपाली कांग्रेसले महत्वपुर्ण भुमिका खेलेको स्मरण गराउँदै नेता भुसालले आउँदा दिनमा पनी कांग्रेसले नै आर्थिक तथा औद्योगिक क्रान्ती ल्याउने बताए। कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका नेता रामबहादुर बिसिले कांग्रेस एकढिक्का भए मात्र परिवर्तन सम्भव रहेको बताए । आगामी स्थानीय तहदेखि प्रदेश र संघको निर्वाचनमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिस्नु मुस्कानले कांग्रेसको आवश्यक्ता देशलाई रहेको बताए । कम्युनिस्टले जनताको विश्वास माथी घात गरेको उनको तर्क छ। कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल, काँग्रेस लुम्बिनि प्रदेश सदस्य शान्ता भन्डारी, रोमलाल खनाल, बिस्नु सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

कांग्रेस उपसभापति बिस्नु भुसाल, जिल्ला सचिव अच्युत गौतम, कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल मेघराज पाण्डे, महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, पिताम्वर खनाल, पुर्व जिल्ला सचिब लोकेन्द्र बिक, पुर्व कोषाध्यक्ष कृष्ण ज्ञवाली, जिल्ला सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख सुर्य प्रसाद भुसाल, जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ, प्रदेश (क) का सभापति राजेस पन्थि, छत्रदेव सभापति प्रकाशराज पन्थी, नेविसंघका अध्यक्ष भरतमणि भट्टराई, लगाएतको उपस्थिति रहेको थियो । काँग्रेस अर्घाखाँचीले ६१ वडामा जिल्ला प्रतिनिधि खटाएको छ ।

कार्यक्रम कांग्रेस अर्घाखाँचीका सभापति केसव श्रेष्ठको सभापतित्व, जिल्ला उपसभापति बाबुराम पौडेलको स्वागत मन्तव्य तथा जिल्ला सचिव कृष्णप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको कांग्रेस प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारि दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?