८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

सर्लाही कांग्रेस सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। आइतवार राति अबेर सम्पन्न मतगणनामा सिंहले १ हजार ७५८ मत ल्याई विजयी भएका हुन्।

उनका प्रत्यासी संस्थापनइतरका लक्ष्मण रायले रायले १ हजार ३७८ मत पाएका प्राप्त गरेका छन्। जम्म ३ हजार २७५ मतमध्ये ३ हजार १७४  मत खसेको थियो।

उपसभापतिमा संस्थापन पक्षका डा. सरोज कुमार ‘राजु’ १ हजार ७६४ र संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भएका छन्। उपसभापतिमा पराजित संस्थापन पक्षका शेख सदुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै‚ सचिवमा संस्थापन पक्षका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भएका छन्। संस्थापनइतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाएका छन्।

सहसचिवमा संस्थापन पक्षकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी भएका छन्। इतरका सूर्यबहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्रले १ हजार २३७ मत पाएका छन्।

आइतबार राति नै जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाइ दिए। नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?