१८२ किलो गाँजासहित पाँचजना पक्राउ

१८२ किलो गाँजासहित पाँचजना पक्राउ

हेटौंडा । मकवानपुरमा १८२ किलो गाँजासहित पाँचजना पक्राउ परेका छन्। आइतवार राक्सिराङ गाउँपालिकाको चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी७ पुल नजिकै रोकेर खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजासहित पिकअपका चालक हेटौंडा उपमहानगरपालिका१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा२९ वर्षीय अर्जुन स्याङ्तान र ३० वर्षीय विनोद पाख्रिनलाई नियन्त्रणमा लिएको छ। उनीहरुले १०÷१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए।

त्यस्तैगरी भीमफेदी गाउँपालिका२ भैसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका४ का १९ वर्षिय अमृत मोक्तान र अर्को एक नाबालकलाई दुई किलो दुई सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.