७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

च्याम्पियन्स लिगको क्वाटर फाइनल ‘ड्र’ सार्वजनिक : चेल्सी र रियल खेल्ने

यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल ‘ड्र’ सार्वजनिक भएको छ।

यूईएफएले हिजो सार्वजनिक गरेको ‘ड्र’ अनुसार सेमिफाइनल पुग्न साविक विजेता चेल्सीले रियल मड्रिडसँग खेल्नेछ । यस्तै क्वाटर फाइनलमा म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग, लिभरपुलले बेन्फिकासँग र बायर्न म्युनिखले भिल्लारियलसँग खेल्ने भएको छ ।

क्वाटर फाइनलको पहिलो लेग अप्रिल ५ र ६ मा हुनेछ । त्यस्तै दोस्रो लेग अप्रिल १२ र १३ मा हुनेछ । सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र २७ तथा दोस्रो लेग मे ३ र ४ मा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्समा मे २८ मा हुनेछ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?