आजदेखि दमक गोल्डकप, विजेतालाई १३ लाख ११ हजार

आजदेखि दमक गोल्डकप, विजेतालाई १३ लाख ११ हजार

दमक गोल्डकप आजदेखि सुरु हुँदै छ। दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ।

दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलको उद्घाटनमा आयोजक दमक- ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुने छ। खेल अपरान्ह तीन बजे सुरु हुने छ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार र उपविजेताले नगद ६ लाख ११ रुपैयाँ प्राप्त गर्नेछन्।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल दिइने छ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

चैत १८ गतेसम्म हुने प्रतियोगिताको फाइनलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने संयोजक मगरले जानकारी  दिए।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *