क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

जमैकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्यानडाले २०२२ को विश्वकपमा छनोट भएको छ। जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो।

गत साता कोस्टारिकासँग १–० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो। शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो। समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छ।

सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन। क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको थियो। बुधबार पानामाविरुद्ध हुने खेलमा एक अंक मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ।​

१३औं मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो। ४४औं मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो।

८३औं मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३–० मा पुर्‍याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो।

कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन्। दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन्। सोमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५–१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १–० ले हरायो।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.