७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

आईपीएल क्रिकेट : पञ्जाब किङ्ग्सकाे विजयी सुरुआत, बेङ्ग्लाेर ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोडे भने कप्तान मायाङ्क अग्रवालले ३२, ओडिन स्मिथले २५, साहरुख खानले २४ र लियाम लिभिङस्टोनले १९ रन बनाए । बेङ्ग्लाेरका मोहमद सिराजले २ विकेट लिए भने आकाश दीप, वानिन्दु हसारङ्ग र हर्सल पटेलले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । बेङ्ग्लाेरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

यस्तै, बेङ्ग्लाेरका विराट कोहलीले ४१, दिनेश कार्तिकले ३२ तथा अनुज रावतले २१ रन जोडे । पञ्जाबका अर्शदीप सिंह राहुल चाहरले १–१ विकेट लिए । यसअघि हिजो नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको थियो । मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?