२९ कार्तिक २०८१, बिहिबार
२९ कार्तिक २०८१, बिहिबार

मुख्य दलहरु चुनावी घोषणापत्र बनाउने तयारीमा

काठमाण्डौ । मुख्य राजनीतिक दलहरुले स्थानीय तह चुनावको लागि घोषणापत्र बनाउने तयारी सुरु गरेका छन् ।

केन्द्र र स्थानीयस्तरबाट दुई थरी घोषणापत्र बनाउने दलहरुको तयारी छ। केन्द्रबाट नीतिगत र स्थानीयस्तरबाट सम्बन्धित पालिकाका योजना समेटिएका घोषणापत्र बनाउन लागिएको हो । मुख्य दुई दल एमाले र कांग्रेसले घोषणापत्र निर्माण समिति गठन गरिसकेका छन्।

एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ । एमालेको स्थायी कमिटीको बैठकले घोषणापत्रको मस्यौदामाथि थप सुझाव सङ्कलन गर्ने निर्णय पनि गरेको छ।

हिजो बसेको बैठकले घोषणापत्र तयारीका लागि भर्चुअल बैठक गर्ने निर्णयसमेत गरेको छ । भर्चुअल बैठकमा प्रदेश तथा जिल्ला, पालिकाका प्रमुख, उपप्रमुख, मस्यौदा समितिका तोकिएका विज्ञ, परराष्ट्र र कानुनी मामिलाका सदस्य सहभागी हुने एमालेले जनाएको छ ।

चुनावी घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यले आउँदो २० गतेसम्म लिखित सुझाव दिनेछन् । त्यसपछि घोषणापत्रलाई अन्तिम रुप दिने एमालेले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसले पनि स्थानीय तह चुनावका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । समितिको संयोजकमा महामन्त्री गगन थापा रहेका छन ।

माओवादीको केन्द्रीय कार्यालयले पनि घोषणापत्र बनाउने तयारी थालेको छ । चुनाव नजिकिएसँगै दलका नेता कार्यकर्ता गाउँटोल पनि पुग्न थालेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा लगायतका दलका नेताहरुले गाउँटोलमा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव आउन अब ४६ दिन बाँकी छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?