नवप्रवेशी गुजरातको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ।
गएराति भएको खेलमा अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै गुजरातले सुखद सुरुआत गरेको हो। मुम्बईको वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
गुजरातको जितमा राहुल टेवाटियाले अविजित रहदै सर्वाधिक ४० रन बनाए। यस्तै कप्तान हार्दिक पान्डयले ३३ रन जोड्दा डेभिड मिलर र म्याथ्यु वेडले ३०र३० रन बनाए। लखनउका दुश्मन्था चामिराले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो। लखनउका लागि दिपक होडाले ५५ रनको इनिङ खेल्दा आयुस बाडोनीले ५४ रनको अर्धशतकीय इनिङ खेले। कुर्नाल पाण्डले अविजित २१ रन जोडे।
गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले २ विकेट लिए।