प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच आज भर्चुअल भेट हुने

प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच आज भर्चुअल भेट हुने भएको छ । गत महिना मात्रै चार नेताको बैठकमा दुई नेताबीच भेटवार्ता भएको थियो । यो बैठक २ प्लस २ मन्त्रीस्तरीय वार्ता अघि बस्न लागेको हो भारतको परराष्ट्र मन्त्रालयले दुई नेताबीचको भेटले द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने जनाएको छ । यो बैठकले दुई देशबीच निरन्तर उच्चस्तरीय सहभागिताको बाटो खोल्नेछ ।
दुई नेताबीच दक्षिण एसियाका पछिल्लो घटनाक्रम र साझा चासोका विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ । दुई नेताबीच कोरोना महामारी, जलवायु संकट, विश्वव्यापी अर्थतन्त्र र लोकतन्त्रको सुरक्षाको वार्ता हुन सक्छ ।
ह्वाइट हाउसका अनुसार बाइडेनले मोदीसँगको भेटमा रुस–युक्रेन युद्धको मुद्दा पनि उठाउनेछन् । ह्वाइट हाउसले रुसको युद्धको बारेमा मोदीसँग छलफल गरिने जनाएको छ । यसका साथै यस युद्धले विश्व खाद्य आपूर्तिमा पार्ने प्रभावबारे पनि छलफल हुनेछ ।
टिप्पणी