चीनको अन्तरिक्ष यात्रा : माओको प्रतिबद्धतादेखि आकाशमा दरबार बनाउनेसम्म

चीनको अन्तरिक्ष यात्रा : माओको प्रतिबद्धतादेखि आकाशमा दरबार बनाउनेसम्म

चीनको नयाँ अन्तरिक्ष स्टेसनमा ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्वजनिक गरेको छ। यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिसनमा सफलता हो। अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्त्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ।

चीनले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अर्बौंको बजेट राखेको छ। चीनले अमेरिका र रुसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्रीको अन्तरिक्ष अन्वेषणमा दशकौँको अनुभव छ।

माओको प्रतिबद्धता

सन् १९५७ मा सोभियत संघले स्पुतनिक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष तथा राष्ट्रपति माओ च तुङले भनेका थिए, ‘हामी (चिनियाँ) ले पनि भू–उपग्रह बनाउनेछौँ।’ यसका लागि एक दशकभन्दा बढी समय लाग्यो । सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो।

मानव अन्तरिक्ष उडानका लागि दशकौँ लागे पनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल भएका थिए। प्रक्षेपण नजिकिँदै जाँदा मिसनको क्षमताबारेको चिन्ताले पेकिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यद्यपि चिन्ताबीच चिनिया मिसन जारी भयो। याङले शन्चाउ–५ मा २१ घण्टे उडानको अवधिमा १४ पटक पृथ्वी परिक्रमा गरेका थिए। चीनले त्यस वेलादेखि सातवटा चालक दलका मिसन शुरु गरेको छ।

‘विशेष सपना’

राष्ट्रपति सी चिनफिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ। पेकिङले वर्षौंदेखिको अन्तरीक्ष यात्राको प्रयासमा कोसेढुङ्गा सावित भएपछि अन्ततः अन्तरिक्ष यात्राको अभियानमा अमेरिका र रूससँग प्रतिस्पर्धामा पुग्ने प्रयास गरिरहेको छ। अन्तरिक्ष स्टेसनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ र देशको राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्म चालक दलसहित चन्द्र मिसन शुरु गर्नु हो। तर सन् २०१७ मा शक्तिशाली हेभी–लिफ्ट रकेट लङ मार्च–५ वाई–२ ले सञ्चार उपग्रहहरू पठाउने मिसनमा प्रक्षेपण गर्न असफल हुँदा चन्द्रमाको काम निकै कम भएको थियो। त्यसकारण चाङ ए–५ प्रक्षेपणलाई चीनले केही समय स्थगन गर्नुपरेको थियो।

सन् २०१७ को दोस्रो कालमा चन्द्रमाको नमुना संकलन गर्ने निर्धारित लक्ष्य चीनको रहेको थियो। जनवरी २०१९ मा अर्को रोबोट चाङ ए–४, पहिलोपटक चन्द्रमाको एउटा कुनामा अवतरण भएपछि चीनलाई चन्द्रमाको अध्ययनका लागि ऐतिहासिक सफलता मिलेको थियो।

त्यसपछि गत वर्ष चन्द्रमाको भित्री भागमा अवतरण भई चन्द्रमाको सतहमा मानव उपस्थितिमा चिनियाँ झण्डा फहराउन चीन सफल भएको थियो। मानवरहित अन्तरिक्ष यान चट्टान र माटोसहित डिसेम्बरमा पृथ्वीमा फर्किएको थियो। यो चीनले अन्तरिक्ष यात्राको चार दशकमा सङ्कलन गरिएको चन्द्रमाको पहिलो नमुना हो। फेरि सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहका पाँच टन पहिलो तस्वीरहरू थ्यानवन–१ द्वारा पठाइएको थियो। त्यसपछि मे महिनामा मार्सियन सतहमा रोभर अवतरण भयो जसले पछि मंगल ग्रहको सतह पत्ता लगाउन थालेको छ।

आकाशमा दरबार

सन् २०२१ अप्रिलमा अक्षमा राखिएको चिनियाँ अन्तरिक्ष स्टेसनको ‘थ्यानह मोड्युल’सँग अक्टोबर महिनामा तीन अन्तरिक्ष यात्रीहरू सफलतापूर्वक पुग्न सफल भएका हुन्। अन्तरिक्ष यात्रीहरू शनिबारको दिन सुरक्षित साथ पृथ्वीमा फर्किनु ६ महिनाअघि स्टेसनमा पुगेका र अहिलेसम्म चीनको सबैभन्दा लामो चालक दल मिसनमा सहभागी भई पृथ्वीमा फर्किएका छन्। चिनिया अन्तरिक्ष स्टेशन थियाङ कोङ ‘स्वर्गीय दरबार’ निर्माणका लागि धेरै भाग ल्याउन र अक्षमा एकत्रित गर्न जम्मा ११ मिसनको आवश्यकता पर्नेछ।

एकपटक पूरा भएपछि, यो कम्तीमा १० वर्षसम्म हाम्रो ग्रहभन्दा ४०० देखि ४५० किलोमिटर (२५० देखि २८० माइल) माथि न्यून पृथ्वीको अक्षमा रहने आशा गरिएको छ। अन्तरिक्षमा दीर्घकालीन मानव उपस्थिति कायम राख्ने महत्वाकांक्षा चीनमा थप बलियो बन्दै गएको छ।

चीनले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेसनको स्केलमा विश्वव्यापी सहयोगका लागि आफ्नो अन्तरिक्ष स्टेसन प्रयोग गर्ने योजना नगरे पनि बेकिङले भने विदेशी सहयोगका लागि खुला रहेको बताएको छ। यो सहयोग कत्तिको व्यापक हुनेछ आगामी दिनले पुष्टि गर्दै जानेछ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.