६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

लखनऊलाई हराउँदै बैंगलोर शीर्ष २ मा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित निकालेको छ। मुम्बईमा मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो।

बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनायो।  लखनउका लागि कुर्नाल पान्डयले ४२ रन जोड्दा कप्तान केएल राहुलले ३० रन बनाए। मार्कुस स्टोनिसले २४ रन बनाए भने दिपक होडा र आयुषले समान १३ रन बनाए।

लखनउलाई सस्तैमा समेट्न बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए भने हर्सल पटेलले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो।

बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले। शाहबाज अहमेदले २६ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए। लखनउका जासन होल्डर र दुश्मन्था चामिराले २–२ विकेट लिए। जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?