म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।

लिभरपुलका मोहम्मद सलाहले दुई तथा लुईस दियाज र साडियो मानेले एक÷एक गोल गरे । लुईस दियाजले खेलको पाँचौ मिनेटमा गरेको गोलबाट अग्रता बनाएको लिभरपुलका लागि सलाहले खेलको २२ र ८५ औँ मिनेटमा गोल गरे । त्यस्तै साडियो मानेले खेलको ६८ औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुलको ३२ खेलमा ७६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७४ अंक छ । लिभरपुलसँग पराजित म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५४ अंक छ । युनाइटेड छैठौँ स्थानमा झरेको छ ।

जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिभरपुलले यो सिजन युनाइटेडलाई प्रिमियर लिगको दुवै खेलमा पराजित गरेको हो ।

लिभरपुलले गएको अक्टोवरमा युनाइटेडलाई ५–० को फराकिलो अन्तरले हराएको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.