८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

श्रीलंकामा मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो, २४ जना घाइते

एजेन्सी ।  श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा प्रहरी पनि रहेका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले रामबुकाना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका छन् । अर्को सूचना नभएसम्मका लागि रामबुकाना वरपर कर्फ्यू आदेश जारी भएको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा केही दिनदेखि सरकार विरोधी प्रदर्शन भैरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?