८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

तातो कुँढोमा परेर बालिकाको मृत्यु

तनहुँ । तनहुँमा गाइवस्तुका लागि पकाएको कुँढो (खोले) मा परेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया आरोही घर्ती रहेकी छन्। आफ्नै घरमा पकाइरहेको तातो कुँढोमा परेकी उनलाई उद्धार गरेर उपचारका लागि लगिए पनि सफल हुन नसकेको प्रहरी निरीक्षक युवराज खड्काले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी समेत रहेका खड्काका अनुसार घर्तीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?