८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुस सहमत

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमत भएका छन् । रुसको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिए।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए । उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक(पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गरे । आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । तर पछिल्लो समयमा वार्ता नै रोकिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्यको लक्षण नदेखिएपछि राष्ट्रसंघीय महासचिवले रुस भ्रमण गरेका हुन् । उनले यसपछि युक्रेनको भ्रमण गर्ने तालिका छ । पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता सकारात्मक र उपलब्धीमूलक भएको भन्दै चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?