८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

आईपीएल: लखनउले पञ्जाबलाई २० रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ । पुणेमा गएराति भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले हरायो ।

दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि जोनी बेयर्सटोले ३२ तथा कप्तान मायाङ्क अग्रवालले २५ रन बनाए । त्यस्तै ऋषि धवन २५ रनमा अविजित रहे ।

लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पाण्डेयले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । लखनउका क्विन्टन डी ककले ४६ तथा दिपक होडाले ३४ रन बनाए ।

पञ्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट लिए । लखनउको यो छैटौँ जित हो । लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लखनउको ९ खेलमा १२ अङ्क छ । सातौँ स्थानमा रहेको पञ्जाबको ९ खेलमा ८ अङ्क छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?