उम्मेद्वारकै मृत्यु भएपछी निर्वाचनका कार्यक्रम स्थगित

उम्मेद्वारकै मृत्यु भएपछी निर्वाचनका कार्यक्रम स्थगित

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-८ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश तिवारीको मृत्यु भएपछि निर्वाचनका कार्यक्रम स्थगित गरिएको छ ।

४१ वर्षीय तिवारीको शुक्रबार राति मृत्यु भएपछि बुद्धभूमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले नगरपालिकाभर शनिबार हुने निर्वाचन कार्यक्रम स्थगित गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । अब आइतबारसम्म निर्वाचन आयोगले उक्त नगरपालिकाका लागि नयाँ कार्यक्रम बनाएर पठाएपछि निर्वाचन कार्यक्रम पुनस् सुरु हुने बताइएको छ। उक्त नगरपालिकामा एमालेबाट अर्को व्यक्तिलाई उम्मेदवारी दिन मौका दिइने छ।

निर्वाचन भने वैशाख ३० मा नै हुने बताइएको छ । मृतक तिवारीलाई मुटु सम्बन्धी समस्या थियो । उनी मनोनयन दर्ता गरेर उपचारका लागि भारतको लखनउ गएका थिए । फर्केर आउँदै गर्दा बाटोमै भारतको बलरामपुरमा मृत्यु भएको हो । उनी नौहिवागाउँका बासिन्दा थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.