२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

चुनावका लागि ६४ जिल्लामा मतपत्र पुग्यो

वैशाख ३० गते हुने पालिका चुनावका लागि ६४ जिल्लामा मतपत्र ढुवानी भएको छ । अहिलेसम्म एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशका जिल्ला र बाग्मती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । काठमाण्डौबाट एकै दिनमा ढुवानी गर्न सकिने बाँकी १३ जिल्ला र ६ वटा महानगर काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगरमा पनि छिट्टै मतपत्र पुग्ने उनले बताए ।

मनाङ र मुस्ताङमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । पालिका चुनावको मुख्य दिन आउन अब १० दिन मात्रै बाँकी छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?