सिटीको फराकिलो जितमा डि ब्रुएनेको ४ गोल

सिटीको फराकिलो जितमा डि ब्रुएनेको ४ गोल

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। पछिल्ला पाँच खेलमा लगातार ३ गोल भन्दा बढी अन्तरको जित निकाल्ने क्रममा सिटीले बुधबार राति वल्भेसलाई ५–१ ले पराजित गरेको हो।

सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको सिटीका लागि डि ब्रएनेले ह्याट्रिक सहित चार गोल सम्भव बनाएका थिए। सातौँ मिनेटमा नै केभिनले बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दे पहिलो गोल गरेका थिए। ११ औँ मिनेटमा लिन्डरले गोल गर्दै वल्भेसलाई खेलमा फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए।

तर खेलको १६ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाउँदा रहिम स्ट्रलिङको पासलाई सदुपयोग गर्दै केभिनले २४ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए। पहिलो हाफमा ३–१ को अग्रता बनाएको सिटीका लागि खेलको ६० औँ मिनेटमा केभिनले चौथो गोल गर्दै टिमलाई फराकिलो जित तर्फ लम्काएका थिए।

टिमका लागि पाँचौँ गोल ८४ औँ मिनेटमा स्ट्रलिङले गरेका थिए। जितसँगै सिटीले ३६ खेलमा ८९ अंक जोडेको छ। उसले शीर्ष स्थानमा दोस्रो स्थानको लिभरपुलसँग पुन ३ अंकको अग्रता बनाउन सफल भएको छ। वल्भेस ५० अंक जोडेर आठौँ स्थानमा छ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *