७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

एक हप्तायता ५ लाख जनाले काठमाण्डौ छाडे

काठमाण्डाै । आज पनि काठमाण्डौको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ ।

भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।

गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए ।

यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिए ।

गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए । आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको सङ्ख्या धेरै छ ।

यसैबीच, भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकामा गाडीको सङ्ख्या केही कम भएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाता ओसारपसार गर्नका लागि सार्वजनिक गाडी रिजर्भमा लैजान थालेकाले काठमाण्डौमा गाडीको सङ्ख्या केही घटेको हो ।

काठमाण्डौमा २० देखि २५ प्रतिशतले गाडीको सङ्ख्या घटेको सिटौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?