लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमाले विरुद्ध गठबन्धन बनाएर चुनाव लडेको कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र जसपाको बिजोक अवस्था बनेको छ । जिल्लाका ६ स्थानियतहको मतगणना चलिरहँदा नेपाली कांग्रेसले नेतृत्व गरेको पाणिनी गाउँपालिका गुमाईसकेको छ भने अन्य ४ मेयर/अध्यक्षमा समेत नेकपा एमालेले अग्रता लिईरहेको छ ।
भुमिकास्थान नगरपालिकामा गठबन्धनका उम्मेद्वार झवी थापा झिनो मतले अँगाडी छन् । एमाले विरुद्ध एक भएका ५ दल असफल देखिएका छन् । अहिलेसम्म मतगणना सम्पन्न भएका वडाहरुमा एमाले नै अँगाडी देखिएको छ ।
सोमवार मध्यानः सम्म मतगणना सम्पन्न भएका ३१ वटा वडाहरुमा १५ ओटामा एमालेले विजय हासिल गरेको छ । नेपाली कांग्रेसले १२ ओटा, माओवादी केन्द्र र जनमोर्चाले दुईदुई स्थानमा जित हासिल गरेका छन् । नेकपा एमालेका मालारानी–१ मा दधिराम आचार्य, मालारानी–३ मा दण्डपाणी पोख्रेल, मालारानी–८ मा नरेन्द्र कुमार बस्नेत, मालारानी–७ मा खड्क प्रसाद भुसाल, सन्धिखर्क–२ मा मोतिजंग रायमाझी, छत्रदेव–१ मा काजीबाबु ज्ञवाली, छत्रदेव–२ मा शंकर प्रसाद पाण्डे, छत्रदेव–४ मा भिमलाल खनाल, छत्रदेव–८, मा भिष्म कुँवर, भुमिकास्थान–९ मा खेम राज चुँदाली, भुमिकास्थान–१० मा खगेश्वर पन्थी, पाणिनी–४ मा हरी प्रसाद घिमिरे, पाणिनी–५ मा इन्द्रमणी घिमिरे, पाणिनी–७ मा गुनाखर अधिकारी, पाणिनी–८ मा रोम बहादुर पाण्डे क्षेत्री, शितगंगा–१३ मा दुर्गा बहादुर बिसीले वडाध्यक्ष जितेका छन् ।
यस्तै नेपाली कांग्रेसका सन्धिखर्क–१ मा माधव श्रेष्ठ, सन्धिखर्क–३ मा जम्शेर मियाँ, सन्धिखर्क–११ मा चेतनारायण आचार्य, सन्धिखर्क–१२ मा नारायण खड्का, छत्रदेव–५ मा बालकृष्ण पोखरेल, भुमिकास्थान–१ मा गोपाल प्रसाद खनाल, सितगंगा–१ मा मान बहादुर सिंजापती, पाणिनी–१ मा कमल प्रसाद पोखरेल, पाणिनी २ मा चन्द्रकान्त पौडेल, पाणिनी–३ मा युवराज ज्ञवाली, पाणिनी–६ मा कृष्ण प्रसाद पौडेल, शितगंगा–१४ मा दामोदर न्यौपानेले वडाध्यक्ष जितेका छन् ।
यस्तै माओवादी केन्द्रले मालारानी–२ मा योगेन्द्रनाथ भुसाल र मालारानी–९ मा महेन्द्रबाबु खनाललाई जिताउन सफल भएको छ । राष्ट्रिय जनमोर्चाका भुमिकास्थान–२ मा बुद्धि बहादुर थापा क्षेत्री र भुमिकास्थान–३ मा कृष्ण प्रसाद बन्जाडेले जितेका छन् ।
पाणिनी गाउँपालिकामा नेकपा एमालेका टेकराज न्यौपाने अध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा एमाले कै नर्मदा गौतम (पौडेल) विजयी भएकी छिन् ।