भुमिकास्थानको मेयरमा जनमोर्चाका झवी थापा निर्वाचित

भुमिकास्थानको मेयरमा जनमोर्चाका झवी थापा निर्वाचित

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् । भुमिकास्थान नगरपालिकाको कार्यालयमा भएको मतगणनाको परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७ सय मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

गठवन्धनबाट उम्मेद्वार बनेका थापाले ८ हजार ३ सय २४ मत प्राप्त गर्दा एमाले उम्मेद्वार थापाले ७ हजार ५ सय २४ मत प्राप्त गरेका छन् । साथै उपप्रमुखमा पनि गठवन्धन कै उम्मेद्वार माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् । बञ्जाडेले ७ हजार ५ सय ५८ मत ल्याउँदा एमालेकी बसन्ता पौडेलले ६ हजार ८ सय ६४ मत ल्याईन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.