२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

अर्घाखाँचीको ताजा मतपरिणाम (मतगणना जारी)

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीका ६ स्थानियतह मध्ये ४ तहको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ ।

पाणिनी गाउँपालिका-अध्यक्ष टेकराज न्यौपाने (एमाले)  उपाध्यक्ष नर्मदा पौडेल (एमाले)

छत्रदेव गाउँपालिका-चन्द्रमान श्रेष्ठ (कांग्रेस) मनी पन्थी (एमाले)

मालारानी गाउँपालिका-दल बहादुर भट्टराई (एमाले) दिपा पोख्रेल (एमाले)

भुमिकास्थान नगरपालिका-झवी थापा (राष्ट्रिय जनमोर्चा) बालकृष्ण बञ्जाडे (माओवादी केन्द्र)

६१ वडा मध्ये मतगणना सम्पन्न भएका ५३ वटा वडाहरुमा २५ वडा एमालेले आफ्नो पक्षमा पारेको छ । नेपाली कांग्रेसले २२ वडा, माओवादी केन्द्रले ३ र जनमोर्चाले ३ स्थानमा जित हासिल गरेका छन् । नेकपा एमालेले मालारानी–१,३,४,५,६,७,८ सन्धिखर्क–२,९ छत्रदेव–१,२,३,४,८ भुमिकास्थान–६,७,९,१० पाणिनी–४,५,७,८ र शितगंगा–१३,११,१० मा वडाध्यक्ष जितेको छ ।

यस्तै नेपाली कांग्रेसले सन्धिखर्क–१,३,४,५,८,११,१२ छत्रदेव–५,६,७ भुमिकास्थान–१,५,८ शितगंगा–१,२,३,१२,१४ पाणिनी–१,२,३,६ मा विजयी भएका छन् । माओवादी केन्द्र मालारानी–२,९ सन्धिखर्क–१० मा विजयी भएको छ । राष्ट्रिय जनमोर्चाले भुमिकास्थान–२,३,४ मा जितेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (55%)
  • दुःखी (18%)
  • अचम्मित (9%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (18%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?