अर्घाखाँचीको ४ स्थानीयतहमा मतगणना सकियो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको ४ वटा स्थानीय तहको मतगणना सकिएको छ। मतगणना सकिएको स्थानीय तहहरुमा पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिका रहेको छ।
ती मध्ये पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको छ । छत्रदेव गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। त्यस्तै मालारानी गाउँपालिकामा पनि एमालेकै अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।
तिन नगरपालिका रहेको जिल्लामा भुमिकास्थान नगरपालिकाको मतगणना सकिएको छ । त्यहाँ मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी भएका छन् । यो समाचार तयार पार्दा सम्म जिल्लाको २ स्थानीय तह सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकामा मतगणना जारी रहेको छ।
टिप्पणी