४ असोज २०८१, शुक्रबार
४ असोज २०८१, शुक्रबार

सार्वजनिक यातायातको भाडा बढ्यो, अर्घाखाँची-काठमाण्डौ कती लाग्छ ?

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले जेठ ४ गते बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । जस अनुसार अर्घाखाँचीबाट लामो तथा छोंटो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडादर पनि वृद्धी भएको छ ।

इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले भाडादर बढेको विभागले जनाएको छ । गाडी भाडाको आधार लिइएका मूल्य भन्दा अहिले इन्धनको भाउ १० दशमलव ८६ प्रतिशत बढी भएकाले भाडा बढाइएको विभागले जनाएको छ । यात्रुवाहक गाडीमा ३ दशमलव ५ प्रतिशत भाडा बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४ दशमलव ६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ५ दशमलव १ प्रतिशतले भाडा बढेको हो ।

जस अनुसार काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा नयाँ भाडादर अनुसार १ हजार १ सय २५ रुपैयाँ कायम भएको छ । यसअँघि १ हजार ८७ रुपैयाँ लिने गरेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (13%)
  • दुःखी (25%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?