लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा नेकपा एमालेका कृष्ण श्रेष्ठ विजयको नजिक पुगेका छन् । नगरप्रमुखमा श्रेष्ठले १० हजार १०० मत ल्याएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शान्ता भण्डारीले ८ हजार ४६५ मत ल्याएकी छिन् । एमालेका श्रेष्ठ कांग्रेसकी भण्डारी भन्दा १ हजार ६३५ मतले अँघी छन् । अब वडा नम्बर ७ को मात्र मतगणना गर्न बाँकी छ ।
यस्तै उपप्रमुखमा नेकपा एमाले कै मिश्रा आचार्यले अग्रता कायम गरेकी छिन् । उनले ८ हजार ६६४ मत ल्याउँदा नेकपा माओवादीका राजेन्द्र भुसालले ८ हजार ४३८ मत पाएका छन् । उपमेयरमा २ सय २६ मात्र मतान्तर रहेको छ ।