लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाको प्रमुखमा नेकपा एमाले का कृष्णप्रसाद श्रेष्ठले विजयी हासिल गरेका छन् । नेपाली कांग्रेसका उम्मेद्वार शान्ता भण्डारीलाई १ हजार ८ सय एक मतले पछी पार्दै श्रेष्ठले मेयर जितेका हुन् । विजयी भएका श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याउँदा कांग्रेसकी शान्ता भण्डारीले ९ हजार ३ सय ३४ मत मात्र ल्याउन सकिन् ।
२०७४ को स्थानिय निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेद्वार थिए । त्यसबेला उनी नेपाली कांग्रेसका कमल प्रसाद भुसाल संग १ हजार १ सय तिन मतले पराजित भएका थिए । श्रेष्ठ लामो अवधी उद्योग बाणिज्य संघ, अर्घाखाँचीको अध्यक्ष रहँदै उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य समेत भएर काम गरे ।
यस्तै उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएकी छिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याईन् । गठबन्धन बाट उम्मेद्वार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मत ल्याए । आचार्यले भुसाल भन्दा ४ सय ७८ मत बढी ल्याएर विजयी भएकी हुन् ।