लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मालारानी गाउँपालिकामा जबरजस्ती करणीको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । चकलेट खाने बाहाना पारि ७ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पक्राउ पर्नेमा मालारानी-७, भेडिखोरका ३८ वर्षिय कमल महत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी शंकर खड्का जानकारी दिए। यस्तै उनलाई प्रारम्भिक अनुसन्धान पछि अर्घाखाँची जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ ।