एक जना अभिनेत्रीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । ‘कबड्डी ४’ फिल्मकी नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई तीन हजार रुपैयाँ धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
बौद्ध भिक्षुसमेत रहेका मुगुका लामाविरुद्ध अभिनेत्री मगरले सुन्धाराको सिभिल मलको कफी शपमा आफूमाथि दुर्व्यवहार गरेको प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो । लामालाई पक्राउ गरिएको विरोधमा आज काठमाण्डौ चाबहिलमा प्रदर्शनसमेत भएको थियो ।
यस्तै लामा रिहा भएपछि कर्णालीका बासिन्दा र लामा समुदायले आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम राखेकामा त्यो स्थगित भएको छ ।