२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

जहाज दुर्घटना: ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिदै

तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिदै छ। गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए । सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

त्रिवि शिक्षण  अस्पताल महाराजगञ्जबाट  आज  मृतकका  परिवारलाई  शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा  नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो।

दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?