२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

मानव अधिकार तथा शान्ती समाज अर्घाखाँचीद्वारा खाद्यान्न वितरण

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मानव अधिकार तथा शान्ती समाज अर्घाखाँचीले स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण गरेको छ । समाजको २७ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क-२, चुत्राबेसीमा रहेको श्री सिद्धेश्वर वृद्धाश्रम तथा पाणिनी वेद विद्यापीठमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरेको हो ।

समाजका शाखा सभापती नेत्र प्रसाद मरासिनी, निवर्तमान सभापती अशोक पौडेल, केन्द्रिय प्रतिनिधी प्रेमनारायण आचार्य, सचिव सुरज रायमाझी, सदस्यहरु लक्ष्मण घिमिरे, प्रकाश चुँदाली, कृष्ण परियार, मोहन नेपाली लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो । विद्यापीठका तर्फबाट संस्थाका सचिव कृष्ण प्रसाद भुसाल, शिक्षक सुमन्त प्रसाद पोख्रेलले खाद्यान्न सामग्री ग्रहण गर्दै समाजले परोपकारी कार्य गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । सबैको सहयोगले मात्र पीठ सञ्चालन हुने भन्दै सबै निकायले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनु पर्ने बताए ।

सिद्धेश्वर वृद्धाश्रम तथा पाणिनी वेद विद्यापीठमा वैदिक संस्कृत भाषामा अध्ययन अध्यापन हुनुका साथै असहाय वृद्धवृद्धालाई आश्रय प्रदान गरिंदै आएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?