२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

शितगंगा नगरपालिका: उत्कृष्ट लोगो बनाउनुस्, पुरस्कार लैजानुस्

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । शितगंगा नगरपालिकाले आफ्नो नगरको चिन्ह (लोगो) बनाउने निर्णय गरेको छ । शितगंगाले नगरको विशिष्ट पहिचान झल्कने खालको आफ्नै ‘लोगो’ बनाउने भएको हो । शितगंगा नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले एक सुचना जारी गर्दै गत जेठ १२ गते बसेको कार्यपालिकाको बैठकले नगरपालिकाले आफनै ‘लोगो’ प्रयोयमा ल्याउने निर्णय गरेको बताए ।

असार ३१ गते भित्र नगरको पहिचान गर्ने खालको लोगोको नमुना बनाई कार्यालयमा पेस गर्न अनुरोध गर्दै सुचना प्रकाशन गरिएको र उत्कृष्ट ‘लोगो’ बनाउनेलाई पुरस्कारको व्यवस्था समेत गरेको प्रमुख प्रशासकिय खानालले जानकारी दिए । नगरपालिकाका प्रमुख छविलाल पौडेले शितगंगा नगरवासीको छुट्टै पहिचान साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक तथा नगरको पहिचान कायम गर्न ‘लोगो’ बनाउन थालेको बताए ।

नगरको स्थानीय कला, संस्कृति, भेषभूषा र भौगोलिक ऐतिहासिक तथा नगरको गरीमा बढाउने उदेश्यले नगरले आफ्नै ‘लोगो’ बनाउन लागेको हो । स्थानियतहको निर्वाचन-२०७९ को निर्वाचन पछिको कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?