२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?