२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

अर्घाखाँचीका स्थानियतहले कती-कती पाए बजेट ? (तालिका सहित)

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आर्थीक वर्ष २०७९/०८० का लागी अर्घाखाँचीले ३ अर्ब भन्दा बढी बजेट पाएको छ । आगामी आर्थीक वर्षका लागी अर्घाखाँची जिल्लाले कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट पाएको हो ।

जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६८ करोड ३८ लाख बजेट प्राप्त गरेको छ । यस्तै शितगंगा नगरपालिकाले ५६ करोड ४० लाख तथा भुमिकास्थान नगरपालिकाले ४८ करोड ७२ लाख रुपैंया बजेट प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाहरुमा छत्रदेव गाउँपालिकाले ३९ करोड ५७ लाख बजेट पाएको छ । पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख र मालारानी गाउँपालिकाले ४७ करोडको बजेट पाएका छन् ।

गत जेठ १५ गते नेपाल सरकारले आगामी आर्थीक वर्ष २०७९/०८० का लागी बजेट ल्याएको थियो । सोही बजेट प्रदेश तथा स्थानियतह हरुलाई बाँडफाँट गरेको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (62%)
  • दुःखी (0%)
  • अचम्मित (8%)
  • हाँस्यास्पद (23%)
  • आक्रोशित (8%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?