लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुमिकास्थान नगरपालिका गाउँपालिका बन्नु पर्ने स्थानियतह हो । भौगोलिक जटिलता, पिछडिएको वस्ती र कमजोर विकासे धरातलका बावजुत नगरपालिका घोंषणा गरियो । आन्तरिक श्रोत शुन्य जस्तै रहेको भुमिकास्थान नगरपालिकामा केन्द्र सरकार र प्रदेश सरकारले समेत फरक दृष्टीले हेर्न सकेका छैनन् ।
जिल्लाबाट नेतृत्व गर्ने प्रदेश तथा केन्द्रका सांसदहरुलाई यो कुराको अनविज्ञता छैन तर प्रत्येक वर्षका बजेट उदेख लाग्दो नै छ । अन्य नगरपालिकाको दाँजोमै तुलना हुँदा नगरको समग्र विकासमा असर परेको छ । आर्थिक वर्ष २०७९/०८० का लागी केन्द्र सरकारले छुट्टाएको बजेट भुमिकास्थान नगरपालिकाका लागी सन्तोषजनक छैन ।
अर्घाखाँचीकै गाउँपालिका भन्दा यस नगरपालिकालाई कम बजेट छुट्टाईएको देखिन्छ । पाणिनी गाउँपालिकाको कुल बजेट ४८ करोड ८२ लाख हुँदा भुमिकास्थान नगरपालिकाको बजेट ४८ करोड ७२ लाख मात्र छ ।
जिल्लाका नेताहरुले नगरपालिका स्थापना गर्न हतारो गर्दा त्यहाँका वासिन्दा बजेटमा समेत पिछडिनु परेको छ ।