२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

सुनको मूल्य प्रतितोला ९०० ले बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले बढेर ९८ हजार ५०० तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार ६०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार १०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार २९० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?