२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

तेलको मुल्य घटेसंगै सवारी दर पनी घट्यो, अर्घाखाँचीको कती ?

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ । विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।

विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ।

अब काठमाण्डौअर्घाखाँचीको सवारी भाडा २३ रुपैयाले घटेको छ । घटेको भाडादर अनुसार अब अर्घाखाँचीको भाडा प्रतिव्यक्ती १ हजार १ सय २५ भएको छ । यसअँघी १ हजार १ सय ४८ रुपैंया लिने गरेका थिए ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (25%)
  • दुःखी (13%)
  • अचम्मित (38%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?