२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने

श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

श्रीलङ्काले केही महिनामा खाद्यान्नको चर्को अभाव सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गर्दै सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको हो । वृक्षारोपण कम्पनीहरूसँग ९ हजार हेक्टरभन्दा बढी खेती नगरिएको जमिन रहेको छ । श्रीलङ्काले सन् २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको छ ।

रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आउँदो कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रिपरिषद्ले जनाएको छ । विदेशी मुद्रा अभावका कारण सुरु भएको आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, खाद्यन्न, औषधि लगायतको अभावका कारण जनजीवन कष्टकर बनेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?